हिन्दु नारीहरुको महान् पर्व तीजः पशुपतिमा करिब ५ लाख दर्शनार्थीले गरे दर्शन

साझा कथा । हिन्दु नारीहरुको महान् पर्व हरितालीका तीज २०८० सालको अवसरमा पशुपतिनाथ मन्दिरमा करिब पाँच लाख दर्शनार्थीले पूजा आराधना गरेका छन्।

सोमबार साँझ ७ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए। धेरै भक्तजनले भने लामो लाइन बस्नुपर्ने भएकाले मूल मन्दिरभित्र प्रवेश नगरी परिसरबाटै गजुरको दर्शन गरेर फर्किएका थिए।

पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा सोमबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो। पशुपतिनाथ मन्दिरमा यो वर्ष विगतभन्दा सहजरूपमा दर्शन गर्न पाएको दर्शनार्थीले बताए। १५ वर्षपछि पशुपतिनाथको पूर्वी ढोका खोलेपछि भक्तजनलाई दर्शनमा सहज भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?