प्रचण्ड नेतृत्वको सरकार लामो समय सरकारमा रहनु पर्छः कोइराला

साझा कथा । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । आइतबार चितवनमा पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले तत्काल सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् । सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि सरकार परिवर्तनको सम्भावना नरहेको उनले बताए । ‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ, उनले भने ।’

‘विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले प्रचण्ड साधारण व्यक्ति नभएको बताए । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको पनि उनले जिकिर गरे । कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलिराखेको छ भइहाल्यो, उनले भने, मेरो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए अझ राम्रो हुन्थ्यो ।’

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?