छक्का पञ्जा टिमले १० करोड लगानीमा खोले आइएनआई सिनेमा हल

साझा कथा । छक्का पञ्जा टिमले काठमाडौंको नयाँ बाँनेश्वरमा नयाँ हलको उद्घाटन गरेका छन् । अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आइएनआई सिनेमा हल सञ्चालनमा ल्याएका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ कलाकार हरिवंश आचार्यले रिवन काटेर हलको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र बनाउनु पनि तपस्या गरे सरह रहेको बताए। आम दर्शकलाई चित्त बुझाउने काम भनेको एउटा तपस्वीले तपस्या गरेर बल प्राप्त गरेको सरह भएको उनको बुझाइ छ। उनले पहिला नामका लागि काम गरे पनि पछि नामसँगै पैसा कमाउन थालिएको तर समयलाई चिन्नुपर्ने आवश्यकता औंल्याए।

यस्तै कार्यक्रममा बोल्दै हल संचालक दीपकराज गिरीले नेपाली फिल्मलाई ५० प्रतिशत शेयर दिने घोषणा गरे । उनले भने–‘निर्माताहरुको असन्तुष्टी शोज बाँडफाँडमा त छदै छ । शेयरमा पनि हो । यो बिषयमा कार्यदलले छलफल गरिरहेको छ । तर, हामी भने यो हलमा नेपाली फिल्मलाई ५० प्रतिशत शेयर दिने घोषणा गर्दछौं ।’

नेपाली फिल्मले रिलिजको पहिलो साता ५०, दोश्रो साता ४५, तेश्रो साता ४० र त्यसपछि ३५ प्रतिशत शेयर पाउँदै आएका छन् । तर, अब आइएनआई नयाँ बाँनेश्वरमा भने नेपाली फिल्म जति साता चलेपनि ५० प्रतिशत नै शेयर पाउनेछन् ।

कार्यक्रममा बोल्दै दीपकराज गिरीले नेपाली फिल्मलाई प्राथमिकता दिने बताए । उनले, निर्माताबाट हल संचालक बन्दै गर्दा आफूले बिचमा बसेर कुरा गर्नुपर्ने अवस्था आएको बताए ।

आईएनआइले व्यवस्थापन गर्ने यो हलमा २ पर्दा छन्, जसमा २१० र १७७ सिट क्षमता छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?