यूकेजी पढ्ने बालबालिकाको फेशन शो (फोटो कथा)

साझा कथा । तोते बोली बोल्ने, हिड्दा पनि लड्ला भन्ने डर भएकाहरु अनि पाँच वर्षमा भर्खरै पाइला टेक्दै गरेका यूकेजी पढ्ने साना बालबालिकाहरु राष्ट्रिय नाच घर जमलमा भने खुलेर प्रस्फुटन भए । एसोसिएशन अफ् प्री स्कुल नेपाल (अपेन) अन्तर्गत रहेको अपेन नागार्जुनले आयोजना गरेको ‘दी फष्ट स्टेज ड्रिमरर्स शो २०२३’ मा उनीहरुले नाच, गीत, नाटक र फेसन शोसम्म गर्न भ्याए । पहिलो पटक ठूलो स्टेजमा चढेका उनीहरुले सयौं अभिभावककाबीच निर्धक्कसँग आफ्नो प्रतिभाहरु देखाए ।

सोही कार्यक्रममा किंस टाउन स्कुलमा अध्ययनरत बालबालिकाले भने अलि फरक प्रस्तुति दिए । ‘वेष्ट टू ओन्डर’ नाराका साथ उनीहरुले आश्चर्यजनक रुपमा ‘फेशन शो’ गरे । प्रयोग गरेर खेर गएका सामानहरुबाट पोशाक निर्माण गरि उनीहरुले ‘प्रदूषण नगरौं र वातावरण संरक्षण गरौं’ भन्ने गतिलो सन्देश अभिभावकसमक्ष दिए । जहाँ प्रयोग गरिसकेका पोलिथिनका झोला, बोरा, न्यूजपेपर, मास्क तथा कपडाका सानासाना टुक्राबाट निर्माण गरिएका फेशन डिजाइनहरु प्रस्तुत गरे । तीनै फोटोहरु साझा कथामा ‘फोटो कथा’को रुपमा प्रस्तुत गरिएको छ ।

फोटो सौजन्यः राजेन्द्र अधिकारी

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?