‘एक भगवत् गीता’ को नाम परिवर्तन गर्ने सहमति

साझा कथा । भदौ २९ बाट रिलिजमा आउन लागेको चलचित्रको नाम ‘एक भागवत र एक गीता (सामाजिक कथा) लेख्ने सहमति भएसँगै चलचित्रको विवाद टुंगिएको छ । सोमबार विकास बोर्डमा भएको छलफलमा फिल्मको निर्माण टिम र विभिन्न धार्मिक संगठनविच नाम परिवर्तन गर्ने सहमती भएको हो । सहमितसँगै फिल्मलाई सेन्सरका लागि सिफारिश दिने सहमती भएको छ ।

यस अगाडिको नामले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी जागरण नेपालले बोर्डमा निवेदन दिएपछि जाँच पास रोकिएको थियो। सहमति जुटेसँगै जाँचपासको प्रक्रियासमेत अगाडि बढेको हो ।

झरना थापा निर्देशित यो चलचित्रमा विपिन कार्की, धिरज मगर, सुहाना थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?