वाग्नर लडाकुका प्रमुख मारिने गरी विमान दुर्घटना

साझा कथा । रुस युक्रेन युद्धमा सघाइरहेको वाग्नर लडाकु समूहको विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन पनि रहेको र उनको मृत्यु भएको बताइएको छ । उक्त विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा सबै यात्रुहरू मारिएको उड्डयन अधिकारीहरुले बताएका छन् । उनीहरूको मृत्यु भएको बारे क्रेम्लिन वा सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छैनन् । विमान सञ्चालक निकायले दिएको जानकारी अनुसार त्यसमा वाग्नरका वरिष्ठ कमान्डर डिमित्री उत्किन पनि सवार थिए ।

तर आपत्कालीन सेवा प्रदायकहरूलाई उद्धृत गर्दै विमानमा रहेका सबै १० जनाको शव फेला परेको जनाइएको छ । तिनको परिचय भने खुलाइएको छैन ।वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जालको एक अकाउन्टमा प्रिगोजिन मारिएको उल्लेख गरिएको छ र त्यसमा विमान खसालिएको भन्दै रुसी हवाई प्रतिरक्षा निकायलाई दोष लगाइएको छ ।

गत जुनमा छोटो समयका निम्ति उनले अगुवाइ गरेको विद्रोहको घटनापश्चात् येभ्गेनी प्रिगोजिन खासै सार्वजनिक रूपमा देखा परेका थिएनन् । पछिल्लो पटक यही साता जारी एक भिडिओमा उनी अफ्रिकामा रहेको बताइएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?