सनीको गदर-२ र अक्षयको ओएमजी-२ फिल्मको भिडन्त, कस्को कमाई कति ?

साझा कथा । मंगलबार भारतको ७७ औं स्वतन्त्र दिवसको अवसरमा सनी देवलको फिल्म ‘गदर-२’ ले भारतीय बक्स-अफिसमा धमका मच्चाएको छ भने अक्षय कुमारको ‘ओएमजी-२’ ले पनि सन्तोष जनक कमाइ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
सनी देवलको फिल्म ‘गदर-२’ ले रिलिज भएको आफ्नो पाँचौ दिन मंगरबारसम्ममा २ सय ५० करोडको नजिकमा कमाई गरेको छ । यता, अर्को अक्षय कुमारको ‘ओएमजी-२’ ले अरु दिनको तुलनामा मंगलबार भने राम्रो कमाई गरेको छ । यो सँगै यो फिल्मले मंगलबारसम्ममा जम्मा ७४ करोडको आसपासमा कमाई गरेको छ ।

सनी देओल स्टारर बलिउड फिल्म ‘गदर-२’ ले दिन प्रतिदिन बक्स अफिसमा निरन्तर आफ्नो कमाइ बढाई रहेको छ । फिल्मले रिलिजको पहिलो दिन ४० करोड १० लाख भारु कमाएकोमा दोस्रो दिन भारु ४३ करोड ८ लाख, तेस्रो दिन भारु ५१ करोड ७० लाख, चौँथो दिन भारु ३८ करोड ७० लाख कमाएकोमा हिजो मंगलबार भने भारु ५५ करोड ५० लाख कमाउन सफल भएको छ । यो संगै ‘गदर-२’ ले पाँच दिनमा जम्मा २ सय २९ करोड ८ लाख ग्रस कलेक्सन गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

यस्तै, शुक्रबार रिलिज भएको अक्षय कुमार र पंकज त्रिपाठी स्टारर ‘ओ माइ गड-२’ ले पनि आफ्नो कमाई निरन्तर बक्स अफिसमा बढाइरहेको छ । फिल्मले मंगलबार रिलिजको पाँचौं दिनसम्ममा ७३ करोट ६७ लाख भारु कमाइ गरेको छ । फिल्मले रिलिजको पहिलो दिन १० करोड २६ लाख भारु कमाएकोमा दोस्रो दिन १५ करोड ३० लाख भारु, तेस्रो दिन १७ करोड ५५ लाख भारु, चौथो दिन १२ करोड ६ लाख र पाँचौ दिन अर्थात भारतीय स्वतन्त्रता दिवसकाका दिन १८ करोड ५० भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यो सँगै फिल्मले पाँच दिनमा जम्मा ७३ करोड ६७ लाख भारु ग्रस कलेक्सन गरेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?