साझा कथा । ‘जोगिन्दर’ उपनामले परिचित चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्षको गाईजात्राको अवसरमा २१ औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्बजनिक गरेका छन्। हरेक वर्ष झै यो बर्ष पनि निरन्तर रूपमा दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट मनोरञ्जन दिने उद्देश्यले उनले गाईजात्रे प्रस्तुति ‘लुछाचुँडी’ बजारमा ल्याएका छन् । ‘लुछाचुँडी’ गाईजात्रे कोसेली कलाकार शिवशङ्कर रिजालले ओ एस आर युटुव मार्फत सार्बजनिक गरेका छन् ।
‘लुछाचुँडी’ मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भ्रष्टाचार मुख्य मुद्दाका रूपमा चिरफार गरिएको छ । अखण्ड भारतभित्र नेपालको भू–भाग राखिएको विषय पनि उहाँको यो पटकको गाईजात्रामा परेको अर्को विषय हो । विशुद्ध मनोरञ्जन दिने उद्देश्यले तयार गरिएको ‘लुछाचुँडी’ मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भ्रष्टाचारलाई चिरफार गर्दै व्यङ्ग्य गरिएको रिजालले बताए ।
उनलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन् । प्रहसनमा घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सेना ‘नक्कली ओली’, गोपाल नेपाल ‘नक्कली देउवा’, राधिका हमाल, सावित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेव गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्कीलगायतको अभिनय अभिनय रहेको छ ।
दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली दर्शकमाझ ल्याइरहेका रिजालको ‘लुछाचुँडी’ २१ औँ कोसेली हो ।