लामो समयको अन्तरालपछि तीज गीतमा देखिँदै महानायक

साझा कथा । नेपाली रजतपटका महानायक राजेश हमालको नयाँ तीज गीतको म्युजिक भिडियो आउने भएको छ । पछिल्लो केहि समय फिल्मको क्षेत्रबाट ब्रेक लिएका महानायक राजेश हमाल बेलाबेलामा म्युजिक भिडियोमा नदेखिएका भने होइनन् । कुनै बेला म्युजिक भिडियोमा समेत बाक्लै रुपमा देखिदै आएका थिए । पछिल्लो समय म्युजिक भिडियोमा कमै देखिएका महानायकलाई यसपटक भने उनका धेरै फ्यानहरुले तीज गीतको भिडियोमा उनलाई देख्न पाउने भएका छन् । डान्सिङ विटको गीतमा दर्शकले हमाललाई विगतमा भन्दा फरक रुपमा हेर्न पाउनेछन निर्देशक देवेन्द्र पाण्डेको बताए ।

‘आफ्नो घर आँगनमा नाच फरर’बोलको तीज गीतमा देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने गीतमा डेभिड शंकर र भावना आचार्यले स्वर दिएका छन् ।

गीतको भिडियोमा महानायक राजेश हमाल र मोडल मञ्जु थापाको अभिनय रहेको छ । भिडियो भने केही दिनमै युट्युबमा सार्वजनिक हुनेछ ।

हमालले विगतमा सुनिता दुलालको ‘हजुरैको मन’, विष्णु माझीको ‘मेरो भेना हङकङको लाहुरे’ इत्यादि तीज गीतमा समेत अभिनय गरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?