साझा कथा । गायिका अनिता चलाउनेको ‘कर्णाली पारीको भिनाजु’ देउडा बोलको गीत अनिता अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
सार्वजनिक गितमा नेपाल आईडल सिजन- २ का विजेता रवि ओड र गायिका चलाउने स्वर रहेको छ । गीतको शब्द डिबी खड्काले लेखेका हुन् , भने गीतको संगीत संयोजन विनोद बाजुराली गरेका छन् । ‘कर्णाली पारी भिनाजु’ गीतमा साली भिनाजुको ठट्टेउली भाकामा एकअर्कालाई जिस्काइएको र गाउदै नृत्य सँगै देउडा पनि खेलीएको देख्न सकिन्छ ।
सार्वजनिक गीतको भिडियोमा मोडल तथा निर्देशक शंकर बिसी, नेपाल आईडल दुइका विजेता रवि ओड, कविता नेपाली र टिकटक स्टार मिस पवी अर्थात पवित्रा साकीका अभिनय रहेको छ भने भिडियोको कथा, निर्देशन, कोरियोग्राफी डान्सर शंकर बिसीले गरेका छन् । म्युजिक भिडियोको छायाङ्कन नवराज उर्पेती गरेका हुन भने भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका छन् ।
भिडियो हेर्नका लागि यो लिङमा क्लिक गर्नुहोस्ः https://youtu.be/15AWfBfLZT0