म्युजिक भिडियो चल्न छोडेपछि फिल्म निर्माण गदै ‘बले’

साझा कथा । ‘बले’ पात्रबाट परिचित कलाकार सागर लम्सालले आफ्नो प्रोडक्सन हाउसबाट फिल्म निर्माण गर्ने भएका छन् । आफ्नै होम प्रोडक्सन बले इन्टरटेनमेन्टबाट फिल्म निर्माण गर्न लागेको कुरा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।

१२ वर्षअघि ‘लोफर’ फिल्मबाट अभिनय यात्रा थालेका उनले यहि फिल्ममा ‘बले’ उपनाम पाएका थिए । त्यसयता केही फिल्ममा अभिनय गरेका उनले चर्चा भने हास्य टेलिश्रृङखला ‘भद्रगोल’बाट पाएका थिए ।

अहिले ‘सक्किगोनि’ टेलिश्रृङखलामा नियमित देखिँदै आएका उनी म्युजिक भिडियोमा समेत उत्तिकै जमेका छन् । दर्शकहरुको मायालाई आत्मसाथ गर्दै आफूले फिल्म निर्माण गर्ने सोच बनाएको उनले बताएका हुन ।

फिल्मको स्क्रिप्ट लेखन उनी आफैंले नै गरिरहेको कुरा समेत बताएका छन् । फिल्म कमेडी र प्रेमकथामा आधारित रहने छ । फिल्मको निर्देशक र कलाकार कसलाई लिने भन्ने कुरा अहिलेसम्म फाइनल भएको छैन ।

कुनै बेला दैनिक भिडियोमा व्यस्त हुने सागर अहिले कहिलेकाही मात्र दर्शकमाझ देखिन्छन् । म्युजिक भिडियोमा घट्दै गएको उनको क्रेज फिल्ममा काम गरेपछि भने फर्किएला त ? प्रतीक्षा गर्नैपर्नेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?