कति सहनु भारतीय अतिक्रमण ? अब यसो गरौँ

Featured Video Play Icon

हाम्रो राष्ट्रवादलाई जुरुक्कै उठाउने र भुलुक्कै उमाल्ने भारतीय चलचित्र आदिपुरुष हेरिसक्नुभयो ? हेर्नुभएको छैन भने कष्ट नगर्नुहोला, ३ घण्टाको समय तपाईलाई जेल जीवन जस्तो लाग्न सक्छ । हुन त आदिपुरुषलाई गहिरिएर हेर्ने हो भने प्रत्यक्ष रुपमा जानकी अर्थात सीतालाई भारतीय चेली भनिएको छैन । तर सन्देश भने शंका गर्ने खालकै छ । फेरि यो चलचित्रलाई लिएर भारतमै विरोध भइरहेको छ । हाम्रो त झन् राष्ट्रिय विभूतिमाथि सांकेतिक दाबी.. यो सरासर सांस्कृतिक अतिक्रमण हो । वास्तवमा भन्ने हो भने नेपाल भूपरिवेष्ठित राष्ट्र होइन, भारतवेष्ठित राज्य हो । भौगोलिक हिसाबले मात्रै होइन, भारतले नेपाललाई धेरै दृष्टिबाट घेरिरहेको छ । धेरैले चर्चा गर्ने विषय हो राजनैतिक घेराबन्दी । तर गहिराईमा पुगेर नियाल्ने हो भने भारतले नेपालमाथि गर्ने सामाजिक, आर्थिक, धार्मिक, शैक्षिक, सुरक्षा र साँस्कृतिक घेराबन्दी र अतिक्रमण झनै चर्को छ ।

नेपाल र भारतबीच १७ सय किलोमिटरको सीमाना छ । ७७ जिल्लामध्ये २६ जिल्ला भारतसँग जोडिएका छन् । ती २६ वटै जिल्लामा कहिँ न कहिँ भारतले अतिक्रमण गरेको छ । हामीले अलि बढी सुन्ने गरेको दार्चुलाको कालापानी र नवलपरासीको सुस्ता हो । २६ मध्ये २१ जिल्लाका ७० भन्दा बढी ठाउँमा देखिने गरी सीमा विवाद छ । सीमा विवाद नेपाल र भारतबीच कहिल्यै नसुल्झिएको गाँठो हो ।

थप कथा भिडियो मार्फतः

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?