गैरकानूनी रुपमा युरोप गइरहेका ३०० पाकिस्तानीको मृत्यु, मानव तस्करहरु पक्राउ पर्दै

साझा कथा । अवैधानिक तरिकाले विदेश पठाउने मानव तस्करहरुसँग विदेश गइरहेका ३०० पाकिस्तानी नागरिकको डुंगा दुर्घटनामा परी मृत्यु भएको छ । ग्रीसमा डुंगा पल्टिँदा तीन सय पाकिस्तानीको मृत्यु भएको हो ।

ठूलो संख्यामा आफ्ना नागरिकहरुको मृत्यु भएपछि पाकिस्तान सरकारले मानव तस्करलाई पक्राउ गर्न थालेको छ । यस सम्बन्धमा एक सरकारी अधिकारीले ग्रीसमा डुङ्गा दुर्घटनामा परी ज्यान गुमाउने अधिकांश पाकिस्तानी रहेको र उनीहरु गैरकानुनी रुपमा युरोप जाने गरेको बताए ।

यद्यपी ग्रीसबाट मृत्यु भएकाहरुको संख्याको विषयमा पूर्ण जानकारी आउन सकेको छैन । दुर्घटनामा परेका १२ जना पाकिस्तानी नागरिकले पौडी खेलेर ज्यान बचाएको अधिकारीले बताएका छन् । दुर्घटनालगत्तै अवैध रुपमा युरोप पठाउने १२ मानव तस्करलाई सरकारले पक्राउ गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भने ‘मानव बेचबिखन सहने छैन, यसमा संलग्न सबैलाई कडा कारबाही गरिने छ ।’ पाकिस्तानले ग्रीसमा भएको दुर्घटना र ज्यान गुमाउने व्यक्तिप्रति समवेदना प्रकट गर्दै एक दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?