३ बर्षअघि चर्चा कमाएको पशुपति जलहरी काण्ड केहि समय अघि माओवादी सांसद लेखनाथ दाहालले संसदमा उठाएपछि फेरि हंगामा भयो । थापा रोएपछि झनै सतहमा आयो सुन जलहरीको मुद्दा । आखिर के हो यो पशुपति जलहरी काण्ड ? भएको के हो ? जलहरी भनेको शिवलिंगमा चढाइएको जल वा दुध बगेर जाने ठाउँ हो ।
पशुपति शिवलिंगको तल्लो भागमा बासुकी नाग छ । नागमाथि करिब पाँच इन्च उचाइमा शिवलिंगको गर्भगृह छ । पाँच मिटर गोलाइ रहेको यो गर्भगृहलाई सुनको पातोले मोरिएको छ । पशुपतिमा यसअघि चाँदीको जलहरी थियो । शास्त्रअनुसार भगवान शिवलाई मन पर्ने धातु तामा हो, २०५५ सालअघि त्यहाँ तामा नै थियो, पछि चाँदि राखियो । चाँदिको जलाहरीको ठाउँमा सुनको जलहरी राख्ने कथाको सुरुवात हुन्छ कोरानाले दुनियाँ आक्रान्त भएको समय २०७७ माघ १२ गते ।
तपाईलाई केहि भन्नु छ ?