केहि समयपहिले भनिन्थ्यो, संसद खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो । काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर भन्ने उखान पनि नेपाली संसदलाई मेल खान्छ । यति मात्रै होइन, अब कहिँ नभाको जात्रा हाँडिगाउँमा होइन, कहिँ नभाको जात्रा नेपालको संसदमा भन्नुपर्ने हुन्छ ।
देशको प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा भएका सम्झौताका कुन बुँदा ठिक वा वेठिक तथा कुन सहमति ठिक वा वेठिक भनेर छलफल बहस हुनुपर्ने बेला सामाजिक सञ्जालको हैसियतमा उत्रिएर संसदमा राँगो र भैँसीको चर्चा भएको त हामीले सुनिहाल्यौँ । संसदभन्दा अघि राँगो र भैँसीको विषय सामाजिक सञ्जालमा प्रधानमन्त्री र सरकारलाई उडाउने विषय भएको थियो । हुन त देशमा व्याप्त वितृष्णा, वेरोजगारी र बढ्दै गएको नकारात्मक सोँचका कारण खुशी हुने बहाना केहि छैन । अरुलाई उडाएर खुशी हुने मनोविज्ञानको विकास देशको आर्थिक र सामाजिक अवस्थाको उपज नै हो ।
संसद र सामाजिक सञ्जालमा उठेको राँगो र भैँसीका कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा नेपालमा नश्ल सुधारको लागि प्राप्त भएको कोशेली नै हो । यसबाहेक दुई देशबीच दुरगामी महत्वका सहमति पनि भएका छन् । सँगै भ्रमणको क्रममा देखिएको नेपालको लाचार प्रस्तुति पनि चर्चा गर्न लायक छ । समग्रमा प्रधामन्त्री प्रचण्डको भारत भ्रमण कस्तो रह्यो त ?
थप कथा भिडियो मार्फतः