समीक्षा अधिकारी पुरानै ट्रयाकमा, एउटा अन्तर्वार्ताले बदलियो उनको जीवन

साझा कथा । अभिनेता पल शाहसँगको स्क्याण्डलले विक्षिप्त भएकी चर्चित गायिका समीक्षा अधिकारीले दरिलो कमव्याक गरेकी छन् । निजी जीवनसँग जोडिएको एउटा घटनाले धक्का खाएकी गायिका अधिकारीको करिअरले पुनः उचाइ छुन थालेको छ । एक वर्षसम्म मानसिक यातना भोगेकी समीक्षा अब पुरानै दैनिकीमा फर्केकी छन् ।

केही दिनअघि उनले एकै दिन ४ वटा गीत रेकर्ड गराएकी थिइन् । सोमबार उनले एकै दिन ७ वटा गीत रेकर्ड गराएर पुरानो रेकर्ड तोडेकी छन् । मंगलबार ५ वटा गित रेकर्ड गरिन्। जसले उनी फेरि डिमान्डेड बनेकी छन् र सबैको रोजाइमा पर्न थालेकी छन् भन्ने देखाउँछ ।

अभिनेता पल शाहविरुद्ध हालेको मुद्दापछि उनको करियरले ठूलो धक्का खायो । सोहि मुद्दामा पल शाह जेल पनि परे तर सामाजिक सञ्जालमा अधिकारीविरुद्ध गालीगलौज गर्नेहरुको लर्को लाग्यो । त्यति मात्रै होइन स्टेज कार्यक्रममा उनमाथि ढुंगासमेत प्रहार गरियो । उनलाई पल शाहका समर्थक (युवा/युवति दुबै)ले यति दुत्कारे कि समीक्षालाई आत्महत्या गर्न मन लागेको थियो । उनले यो कुरा सामाजिक सञ्जालमा पनि उल्लेख गरिन् । उनी यो मुद्दाको छिनोफानो नहुञ्जेल पोखरा सानिमाको घरमा गएर बसेकी थिइन् ।

तर अहिले उनको जीवन पुनः ट्रयाकमा फर्किएको छ । पत्रकार प्रकाश सुवेदीको विवादित टिभी कार्यक्रममा अन्तर्वार्ता दिएपछि भने उनीप्रति मानिसहरुको दृष्टिकोण बदलिएको बताइन्छ । उनले आफूलाई मार्ने धम्की आएपछि पल शाह विरुद्ध मुद्दा हालेको तर पछि मायाकै कारण मुद्दा फिर्ता लिनुपरेको कहानी सुनाएकी थिइन् । यसले उनीप्रति मानिसहरुको सद्भाव र सम्मान बढेको थियो । सायद यहि टेलिभिजन कार्यक्रम नै विक्षिप्त भएकी समीक्षाको टर्निङ पोइन्ट बन्यो जसले उनको जीवन पुनः हराभरा हुन थालेको छ ।

https://fb.watch/l1gAtwWN9F/

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?