के थिए मदन भण्डारीका कमजोरी (भिडियो)

Featured Video Play Icon

नेकपा एमालेले भगवान नै मान्दै आएका तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको निधन दुर्घटनाको उपज हो या हत्या हो भन्ने विषयमा अहिले पनि विवाद छ ।

२०५० साल जेठ ३ गते मदन भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित सवार गाडी चितवनको दासढुंगामा दुर्घटनाग्रस्त भएपछि दुबैको निधन भयो तर चालक अमर लामा भने ज्युँदै भेटिए । अमर लामाले दिएको सुरुवाती बयानलाई पत्याउने हो भने हल्का पानी परिरहेको अवस्थामा गाडी चिप्लिएर त्रिशुलीमा खस्यो र दुई नेताको निधन भयो ।

तर उनै अमर लामा लामो समय जेल जीवनबाट निस्किएलगत्तै किर्तिपुरमा गोलीको सिकार भए । उनको हत्या माओवादीले गरेको आरोप लगाइएपनि माओवादीले त्यो आरोप अस्वीकार गरेको छ र तथ्यहरुले पनि माओवादीभन्दा अर्कै शक्तिले अमर लामाको हत्या गरेको देखाउँछ । घटनाको साक्षीकै मृत्यु भएपछि दासढुंगा प्रकरण अहिले पनि रहस्यको गर्भमै छ ।

थप कथा भिडियो मार्फतः https://youtu.be/kKDQz-Pudv4

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?