तस्बिरमा घुम्नुहोस् स्याङ्जाका पुरातात्विक र सांस्कृतिक सम्पदा (फोटो कथा)

साझा कथा । नेपाल एकीकरणअघि बाइसे राज्यमध्येको एउटा राज्य थियो स्याङ्जा र त्यसको मुकाम थियो स्याङ्जा-नुवाकोट । त्यहाँ दरबार, गढी, चौतारा र टुँडीखेल समेत थिए । अहिले फेदिखोला गाउँपालिका र पुतलीबजार नगरपालिकाको वडा नं ५ को सिमानामा पर्ने ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण रहेको नुवाकोटका सम्पदाहरुको संरक्षणको प्रयास पनि गरिएको छ ।

नुवाकोटका अलावा स्याङ्जा जिल्ला विभिन्न सांस्कृतिक र धार्मिक तथा ऐतिहासिक महत्वका स्थलले भरिपूर्ण छ । यहाँ रहेको छाङ्गछाङ्गदी, स्वस्थानी ब्रतकथामा आधारित सतीदेवीको अङ्ग पतन भएको स्थल हो । जुन छायां क्षेत्रको रूपमा समेत परिचित पवित्र तीर्थ स्थल हो । हामी यहाँहरुलाई तस्बिरमार्फत स्याङ्जाका छाङ्गछाङ्गदी, नुवाकोट दरबार क्षेत्र, कालभैरव मन्दिर, श्रवणकुमार समाथी स्थल, दहरे देउराली, आलमदेवी, सतहुँकोट, सतुनचन्दी मन्दिर लगायतका स्थल डुलाउँदै छौँ ।
तस्बिरः प्रकाश गोपाली/साझा कथा

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?