कामै पाइन भन्ने महिलाहरुका लागि प्रेरणादायी कथा (भिडियो)

Featured Video Play Icon

ठमेलस्थित छायाँ सेन्टरको यो दृश्यले मलाई लोभ्यायो । यूरोपको झल्को दिने यो हाटबजारभित्रका एक पात्र – सरु श्रेष्ठ । जो काम पाइएन र बेरोजगार भइयो भन्नेहरुका लागि नमूना हुन् ।

सरु श्रेष्ठको यो नेवारी खाजा सेट घरमा बन्छ । उनलाई त्यसको लागि कुनै छुट्टै सटर वा किचन चाहिँदैन । घरकै खाना बनाउने भान्छामै पाक्छ । अघिल्लो दिन सबै सामान तयार पार्छिन्, भोलीपल्ट विहानै उनका श्रीमान् कृष्ण श्रेष्ठले खाजाका परिकारहरु बनाउन सहयोग गर्छन् । अनि, टिफिन बक्समा राख्छिन् र यहाँ ल्याएर भोकाएकाहरुलाई खाजा खुवाउँछिन् ।

अक्सर यहाँसम्म श्रीमान् आउँदैनन् । उनको छुट्टै जागिर छ – दुई सिफ्टमा फरक दुई ठाउँमा काम गर्छन् । उनको कथा, उनको मेहनत फरक छ ।

थप कथा भिडियो मार्फतः

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?