भारतबाट भारी मात्रामा घटेर आयो पेट्रोल र डिजेलको मूल्य, घट्ला नेपालमा ?

साझा कथा । भारतबाट प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजेलको भाउ उल्लेख्य घटेको छ । भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलमा ९ रुपैयाँ र डिजेलमा ८ रुपैयाँ प्रतिलिटरले घटेको छ ।

नेपाल आयल निगमले भने घाटाको लागि व्यापार नगरिएको बताउँदै संस्थानको सञ्चित घाटा अचाक्ली बढेकाले केही समय भाउ नघटाउने बताउँदै आएको छ । भारतबाट प्राप्त पछिल्लो मूल्यबारे निगमको छिट्टै बस्ने सञ्चालक समितिको बैठकले निर्णय गर्ने बुझिएको छ ।

यसअघि पनि भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि आयल निगमले मूल्य समायोजन गरेको थिएन ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?