साझा कथा । काठमाडौंमा मेलम्चीको पानी दुई हप्ता सम्म नआउने भएको छ । मर्मतका लागि मेलम्चीको पानी आज जेठ १ गतेदेखि २ साताका लागि रोकिने भएको हो ।
हेलम्बु-१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । ”उनले भने, अहिले वर्षा नभएको समयमा पानी बन्द गर्नु आश्चर्यजनक लागेको छ, “पानी बन्द गरेर सर्वसाधारणलाई दुः ख दिने काम मात्र हो ।” करोडौँ लगानी गरेको मेलम्चीको पानी सर्वसाधारणले खडेरीमा खान पाउँदैनन् भने यसको कुनै अर्थ नभएको उनको भनाइ छ ।
यता काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईले मेलम्चीको पानी आपूर्ति बन्द भएको समयमा पानी वितरण भने नरोकिने बताएका छन् । उनले भने, “मेलम्चीको पानी दुई हप्ता रोकिने जानकारी प्राप्त भएको छ । त्यस अवस्थामा हामीले काठमाडौँ वरपरका मुहानबाट सङ्कलन गरेको पानीलाई वितरण गर्नेछौँ । “हाल मेलम्चीको पानी आउँदा वितरण दैनिक जसो नै हुने गरेको थियो । उनका अनुसार अहिले मेलम्चीको पानी आउँदा लिमिटेडले १७ करोड लिटर पानी वितरण गर्दै आएको थियो । मेलम्चीको पानी आपूर्ति बन्द हुँदा लिमिटेडले १२ करोड लिटर पानी वितरण गर्ने बताएका छन् ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पहिले देखिनै सङ्कलन गर्दै आएको काठमाडौँ वरपरका मुहानबाट सङ्कलित हुने पानीलाई नै वितरण गर्ने योजना रहेको उनले बताए । प्रवक्ता राईले भने, “मेलम्चीको पानी आपूर्ति सुरु हुनुभन्दा अघिदेखि नै सङ्कलन गरिरहेको काठमाडौँ वरपरका मुहानको पानी नै वितरण गछौँ ।”