साझा कथा । ६ जना नेपाली ‘बडिबिल्डर’ अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ । ३ महिला र ३ पुरुष गरि ६ जना अन्तर्राष्ट्रिय खेलाडीलाई उनिहरुले पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेमा निर्मला महर्जन (पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय ‘बडिबिल्डर’ तथा तेक्वान्दो खेलाडी), भगवती खड्का (पहिलो महिला ‘रेस्लर’) र उमेश राई (बडिबिल्डर तथा सर्वाधिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता) हुन । साथै सोही कार्यक्रममा विकास खड्गी (युवा उद्यमी) आनन्द राई (सङ्गीतकार) र जेसिका चेम्जोङ (समाजसेवी) लाई अभिनन्दन गरिएको थियो ।
बागमती प्रदेशसभा सदस्य रमा आलेमगर र चन्द्रागिरि चेम्बर अफ कमर्शका अध्यक्ष रामनारायण घिमिरेले अधिवाह नेपाल नामक सामाजिक संस्थाद्वारा आयोजित कार्यक्रममा उनिहरुलाई सम्मान एवं अभिनन्दन गरेका हुन् ।
सो अवसरमा प्रदेशसभा सदस्य आलेमगरले आर्थिक समृद्धि हासिल गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउँदै यस्ता कार्यक्रममार्फत राष्ट्रिय व्यक्तित्वको थप पहिचान हुने बताए । संस्थाका अध्यक्ष रजनी श्रेष्ठ र सचिव एवं कार्यक्रम संयोजक सुरेन्द्र श्रेष्ठ (रमन)ले देशका प्रतिभालाई सम्मान गर्न पाएकामा गौरवान्वित भएको बताए ।