साझा कथा । नयाँ बर्ष लागेसँगै निरन्तर ओरालो यात्रामा रहेको नेप्से परिसूचक विहीबार पनि खस्कियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलब ५९ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ७१ अङ्कले ओरालो लागेर तीन सय ५३ दशमलब शून्य नौ मा सीमित भएको छ । कारोबार भएका कूल १३ कम्पनीमध्ये तीन कम्पनीको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ ।
कूल २१ लाख पाँच हजार छ सय ५७ कित्ता शेयर ५७ करोड ८८ लाख ४१ हजार पाँच सय ९३ मूल्यमा खरिद बिक्री भएको छ । कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको तीन करोड १५ लाख छ हजार तीन सय ६३ बराबरको शेयर कारोबार भएको छ ।