को हुन् भुटानी शरणार्थी ? कसरी आए नेपाल ? के हो पछिल्लो काण्ड ?

साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला ठूला नेतादेखि सुरक्षा संयन्त्र संचालन गर्ने निकायकै व्यक्तिहरु संलग्न रहेको पाइएपछि अहिले हंगामा मच्चिरहेको छ । यस प्रकरणमा पूर्वमन्त्रीहरु, शीर्ष नेताहरुका पत्नी वा छोराहरु, उच्च प्रशासकहरु र केहि एजेन्टहरु मुछिएका छन् र धमाधम पक्राउ परिरहेका छन् । यसको पटाक्षेप कसरी र कहाँ पुगेर हुने हो, अहिल्यै भन्न सकिने अवस्था त छैन तर फौजदारी कानूनका ज्ञाता सुवास आचार्यका अनुसार यसको कनेक्सन नेपालमा मात्रै छैन । वास्तविक शरणार्थीहरुलाई तेस्रो मुलुक पुनर्वास गराउन स्थापित संयन्त्रबाटै सजिलै हुन्छ तर नक्कली शरणार्थी बनिसकेपछि हरेक विमानस्थल र अध्यागमनमा पनि मिलेमतो गर्नुपर्ने हुन्छ । त्यसको अर्थ यसमा अन्तर्राष्ट्रिय मानव तस्करहरु पनि संलग्न हुने आचार्यको दावी छ ।

को हुन् भुटानी शरणार्थी ? कसरी आए नेपाल ?

आन्तरिक द्वन्द्व, प्राकृतिक विपत्ति लगायतका कारण आफ्नो देशमा बस्न नसकेर अर्को देशमा गएर शरण लिएर बस्ने व्यक्तिहरु हुन् शरणार्थी । नेपालको १० बर्षे युद्धका कारण देखाउँदै आफू नेपाल बस्न नसकेको निवेदन दिएको आधारमा अमेरिका लगायत केहि मुलुकमा पुगेर बसेका नेपालीहरु हुन् या भूकम्प लगायतका विपत्तिपछि कुनै मुलुकले आश्रय दिएका व्यक्तिहरु हुन्, ती सबै शरणार्थी कोटीमै पर्छन् । भुटानको आन्तरिक द्वन्द्वका कारण विस्थापित भएका व्यक्तिहरु हुन् भुटानी शरणार्थी ।

भुटानी शरणार्थीहरू नेपाली मूलका हिन्दू धर्मावलम्बी मानिसहरूको एक समूह हो, जुन सन १९९० देखि पूर्व नेपालको मोरङ र झापा जिल्लाको शिविरहरूमा बसोबास गर्दै आइरहेका छन् । भुटानमा दुई प्रकारका नेपाली मूलका मानिस बसोबास गर्थे । एक जो पहिलेदेखि नै भुटानमा बस्दथे, अर्को जो सन् १९५० को दशकमा भारतबाट भुटानमा बसाइ सरे । तिब्बतबाट भुटानमा फैलिएको बौद्ध सम्प्रदाय पनि बसोबास गर्दै आइरहेको छ ।

भारतको उत्तरपूर्वी ७ राज्यहरूमा नेपाली मूलका मानिसहरू भारतको स्वतन्त्रता भन्दा पहिलेदेखि नै बस्दै आएका थिए । तर पछि भारत सरकारले स्थानीय जातिहरूलाई बढी अधिकार दिने व्यवस्था गरेपछि ती स्थानमा बस्ने नेपालीहरूको जीवन कठिन हुँदै गयो । अतः सन् १९५० को दशकमा उनीहरु भुटान प्रवेश गरे र नागरिकता लिए । १९८८ मा भुटानमा जनगणना भयो । त्यसको तथ्यांक अनुसार नेपाली भाषी ती व्यक्तिहरुको संख्या ४० प्रतिशत भइसकेको थियो । जुन भुटानमा बस्ने बौद्ध सम्प्रदायभन्दा अत्याधिक दरमा वृद्धि भइरहेको थियो ।

नेपालीको मौलिक पहिरनको सट्टा भुटानी राष्ट्रिय पोसाक लगाउन भनियो । यस्ता नयाँ नियमका कारण भारतबाट बसाई सरेर गएकाहरु र भुटानमा पहिलेदेखि नै बसोबास गर्दै आइरहेका नेपाली मूलका मानिसहरूले विरोध सुरु गरे । यो विरोधको नेतृत्व भुटानका तत्कालीन राजाका सल्लाहकार टेकनाथ रिजालले गरे ।

नेपालीभाषीको जनसंख्या बढ्न थालेको देखेपछि भुटानी सरकारले नेपाली समुदायलाई भुटानी संस्कृतिमा समाहित गर्ने प्रयास गर्यो । विद्यालयहरूमा नेपाली भाषाको पठनपाठनमा रोक लगाइयो । नेपालीको मौलिक पहिरनको सट्टा भुटानी राष्ट्रिय पोसाक लगाउन भनियो । यस्ता नयाँ नियमका कारण भारतबाट बसाई सरेर गएकाहरु र भुटानमा पहिलेदेखि नै बसोबास गर्दै आइरहेका नेपाली मूलका मानिसहरूले विरोध सुरु गरे । यो विरोधको नेतृत्व भुटानका तत्कालीन राजाका सल्लाहकार टेकनाथ रिजालले गरे । विरोधको तह यतिसम्म पुग्यो कि उनीहरुले भुटानमा प्रजातन्त्र स्थापनासम्मको माग गरे । यस्तो माग भुटानी राजालाई पच्ने कुरै थिए । त्यसपछि आन्दोलनकारीहरु धमाधम पक्राउ पर्न थाले । उनीहरुलाई यातना दिन थालियो । यति मात्रै होइन भुटान सरकारले नेपाली मुलका व्यक्तिहरुको नागरिकता नै फर्जी भएको घोषणा गरिदियो । उनीहरु गैरनागरिक भएपछि भुटानमा बस्न दिने कुरै भए । त्यसपछि उनीहरुलाई लखेट्न थालियो । केहि मानिसहरु दमन र कारबाहिको डरले भुटान छोडेर भाग्न थाले ।

शरणार्थीहरुका अनुसार भुटानी शासकहरूले नेपालीभाषीहरूलाई सेना लगाएर लखेट्न थालियो र सन् १९९० पछि दिनहुँजसो नेपालीभाषी भुटानीलाई नेपाल–भारत सीमाको मेची किनारमा ल्याएर छोडियो । भारतको भूमि प्रयोग गर्न भारतले समेत साथ दियो । भारत र भुटानको मैत्री सम्बन्धको कारण शरणार्थीहरूलाई भारतमा शरण दिइएन । त्यसकारण उनीहरु नेपालमा छिरे र झापा तथा मोरङका विभिन्न स्थानमा बस्न थाले जुन नेपाल सरकारको लागि टाउको दुखाईको विषय बन्यो । उनीहरु लगभग १ लाखको संख्यामा थिए ।
नेपालसँग कुनै साइनो नभएको यो समस्या आइलागेपछि नेपालले अन्तर्राष्ट्रिय सहयोगको लागि अपिल गर्यो । उनीहरु नेपाली मूलका भएका र हिन्दु संस्कृति समेत मान्ने भएको कारण र त्यसबेला नेपाल हिन्दु राष्ट्र भएको हुनाले नेपालले यसलाई सम्हाल्नुपर्ने वाध्यता आइलाग्यो । यो समस्याका बीच १९९९ मा नेपालका तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले संयुक्त राष्ट्र सङ्घलाई पत्र लेखेर जानकारी गराए ।
नेपाल आएर शरणार्थीको जीवन गुजारिरहेका भुटानीहरुलाई माओवादीको युद्धले समेत छोयो । माओवादीकै प्रभावस्वरुप उनीहरुले भुटानी कम्युनिष्ट पार्टी माओवादी गठन गरे । जुन भुटान लगायत अन्तर्राष्ट्रिय समुदायका लागि पनि टाउको दुखाईको विषय बन्यो ।
उनीहरुबाट प्रतिहिंसा हुनसक्ने खतरा बढेपछि उनीहरुलाई संयुक्त राज्य अमेरिका, वेलायत, अस्ट्रेलिया तथा अन्य युरोपी राष्ट्रमा लैजाने प्रस्ताव आयो । यहि प्रस्तावलाई नै तेस्रो मुलुक पुनर्वास कार्यक्रम भनिन्छ । यस प्रस्तावबाट केहि उत्साहित भए, केहि आफ्नै देशमा फर्कन चाहे तर केहि नेपालमै बस्न चाहे ।

नेपाल आएर शरणार्थीको जीवन गुजारिरहेका भुटानीहरुलाई माओवादीको युद्धले समेत छोयो । माओवादीकै प्रभावस्वरुप उनीहरुले भुटानी कम्युनिष्ट पार्टी माओवादी गठन गरे । जुन भुटान लगायत अन्तर्राष्ट्रिय समुदायका लागि पनि टाउको दुखाईको विषय बन्यो ।

अहिलेको काण्ड के हो ?
सो प्रस्ताव कार्यान्वयनमा आएपछि हजारौँ भुटानी शरणार्थीहरु वेलायत, अष्टे«लिया उडिसके । अधिकाँश अमेरिका पुगे । अझै १२ हजारजति भुटानी शरणार्थी तेस्रो मुलुक पुनर्वास हुन बाँकी छ । तर बीचमा उनीहरुको संख्या बढेको कुरा आएपछि अध्ययन गर्न कार्यदल बनाइयो २०७६ जेठमा । सो कार्यदलले रिपोर्ट तयार पार्यो तर रिपोर्ट सार्वजनिक भएन । सो रिपोर्ट मानवतस्करको गिरोहले हात पार्यो । गृहमन्त्रालयका सचिव र उच्च राजनैतिक नेतृत्वको सहजीकरणविना त्यो सम्भव पनि थिएन । सो गिरोहले त्यो रिपोर्टमा नयाँ अनुसूची थप्यो र ८०० बढी व्यक्तिहरुको नाम घुसायो । ती नयाँ घुसाइएका व्यक्तिहरु शरणार्थी थिएनन् नै उनीहरुबाट १५ लाखदेखि ५० लाखसम्म उठाइयो । उनीहरुबाट उठाइएको पैसा नै अहिले पक्राउ परेका व्यक्तिहरुले बाँडेको देखिन्छ । यो विषय भित्रभित्रै उठिरहेको थियो तर सरकारले कारबाहि अगाडि बढाएन । यो प्रकरणमा २०–२२ जना संलग्न रहेको प्रहरीले बताएको छ । गृहमन्त्रालयको नेतृत्वमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ आएपछि भने उनले देखिने गरी यो विषय अनुसन्धान गर्न प्रहरी नेतृत्वलाई भने र अहिलेको काण्ड पर्दाफास भएको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?