एक दिवसीय विश्वकप क्रिकेट छनोटमा नेपाली टोलीले पनि खेल्ने

साझा कथा । आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट क्रिकेटमा सहभागी हुने १० टोलीको टुङ्गो लागेको छ ।

आयरल्यान्डले सोझै विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोट खेल्ने सबै टोलीको टुङ्गो लागेको हो । आयरल्यान्डले विश्वकप सुपरलिगको शीर्ष आठमा रहँदै सोझै छनोटले मौका गुमाएको हो ।

आयरल्यान्ड र बंगलादेशबीच सुपर लिगको अन्तिम सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएर अङ्क बाँडे पछि आयरल्यान्डले छनोट खेल खेल्नु पर्ने भएको हो ।

अब छनोटमा वेस्ट इन्डिज, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, नेपाल, अमेरिका र संयुक्त अरब इमिरेट् (युएई) बीच प्रतिस्पर्धा हुनेछ । नेपालले आइसिसी विश्वकप लिग–२ मा तेस्रो बन्दै छनोट खेलमा स्थान बनाएको हो ।

स्कटल्यान्ड लिग–२ को पहिलो र ओमान दोस्रो बन्दै छनोटमा पुगेको हो । छनोट खेलमा सहभागी हुने १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहबाट शीर्ष तीन तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् ।

सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् । भारतमा हुने विश्वकपमा कूल १० टोलीको सहभागिता रहनेछ ।

विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाएका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?