यौन दुर्व्यवहार मुद्दामा अ‍मेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर, पाँच मिलियन डलर तिर्नुपर्ने

साझा कथा । एकजना लेखिकामाथि यौन दुर्व्यवहार गरेको आरोप खेपिरहेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सो मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको सिभिल कोर्टले ट्रम्पलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो ।

म्यागेजिनकी लेखिका केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार र आफ्नो मानहानी गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् । सोही मुद्दामा अदालतले ट्रम्पलाई दोषी ठहर गरेको बीबीसीले जनाएको छ । ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको आरोप उनको थियो ।

ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् । ती महिलालाई आफूले नचिन्ने ट्रम्पले उल्लेख गरेका छन् । क्यारलले ट्रम्पविरूद्ध लगाएको बलात्कारको आरोप भने ज्युरीले खारेज गरिदिएको छ ।

यौन दुर्व्यवहार र मानहानीमा दोषी ठहर भएपछि ज्युरीले पीडितलाई पाँच मिलियन डलर क्षतिपूर्ति दिन आदेश गरेको छ । सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्ने देखिएको छ । क्यारोललगायत दर्जनौं महिलाहरूले ट्रम्पविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर गरेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?