पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ, उनीविरूद्ध ८५ मुद्दा

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री खानलाई इस्लामावाद उच्च अदालतबाट मंगलबार पक्राउ गरिएको हो । पाकिस्तान तहरिक-इ-इन्साफ (पिटिआई)का नेता फवाद चौधरीले मंगलबार ट्विट गर्दै खानलाई पक्राउ गरेको जानकारी दिएका हुन् ।

पिटिआईले राखेको भिडिओमा उनलाई ठूलो सुरक्षाकर्मीको समूहले घेरेर गाडी भित्र हालेको देखिन्छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई पाकिस्तानी रेन्जर्सले पक्राउ गरेको हो । इमरान आफुविरुद्धका मुद्दामा जमानतका लागि उच्च अदालत पुगेका थिए ।

गत वर्ष प्रधानमन्त्री पदबाट राजीनामा दिएसँगै उनीविरूद्ध विभिन्न मुद्दाहरू लगाइएको थियो । अलजजिरासँग गरेको एक कुराकानीमा उनले आफूविरूद्ध कम्तिमा पनि ८५ वटा मुद्दा भएको र दैनिक कुनै न कुनै मुद्दा हाल्ने गरेको बताएका थिए । उनीविरूद्ध भ्रष्टाचार, आतंकवाद, अदालतको मानहानी, दंगा गरेको आरोप छ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?