यसरी बनेको थियो सिंगापुर, नेपाल कहिले बन्छ ?

Featured Video Play Icon

चरम गरिबी, चरम वेरोजगारी, अपराधहरुको श्रृंखला, भूगोलका हिसाबले अत्याधिक जनसंख्या अनि अशिक्षा । ठ्याक्कै नेपालसँग मेल खाने अवस्था थियो सिंगापुरमा सन् १९६० को दशकमा । यस्तो अवस्थामा रहेको देशले १५ बर्षको अवधिमा चमत्कार गर्यो र अहिले एशियाको शीर्ष धनी राष्ट्रमा दरिएको छ । कसरी बन्यो होला सिंगापुर ? सिंगापुरबाट नेपालले के सिक्न सक्छ ?

संस्कृत शब्द सिंह र पुरबाट बनेको हो सिंगापुर जसको अर्थ हुन्छ, सिंहको सहर । संयोग नै मान्नुपर्छ, दक्षिण कोरिया, हङकङ र ताइवानसँगै एशियाका चार बाघमध्येको एक हो सिंगापुर । सिंगापुरको नाम आउँदा भूगोल र क्षेत्रफलका हिसाबले धेरै सानो देश भनेर चिनिन्छ तर सिंगापुरको परिचय भने विश्वका ठूला ठूला राष्ट्रभन्दा धेरै फराकिलो छ । प्रतिव्यक्ति आयका हिसाबले अहिले विश्वका ५ शीर्ष धनी राष्ट्रको नाम आउँदा सिंगापुर देखिन्छ । विकासका हिसाबले चमत्कार । न त्यहाँ भ्रष्टाचार छ, न त गरिबी । साक्षरता झण्डै ९८ प्रतिशत । न कुनै अपराधका घटना न त कुनै फोहोर मैला । सबै हिसाबले विश्वकै शीर्ष सफा देश बनेको छ सिंगापुर । यो अवस्था यत्तिकै बनेको भने होइन ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?