मार्ने योजना बनाएपछि मुद्दा हालेँ, पल शाहको मायाले छुटाइदिएँ – समीक्षा अधिकारी

साझा कथा । अभिनेता पल शाहसँगको सम्बन्धमा उतारचढाव आएपछि सार्वजनिक कार्यक्रममा खुलेर नबोलेकी गायिका समीक्षा अधिकारीले आफ्नो जीवनको भोगाई बाँडेकी छन् । उनले पल शाहलाई जेलबाट छुटाउनुको कारणबारे पनि मुख खोलेकी छन् ।

सानै उमेरमा सांगीतिक क्षेत्रमा लोकप्रिय बनेकी उनको जीवनमा आइपरेको समस्या र उनले लडेको कानुनी लडाइँ समाजबाट लुकेको छैन ।

तर उनले थालेको कानुनी संघर्ष बीचमै लरबरायो । अर्थात् पीडकले अदालतबाट सफाइ पाए । त्यसो त मुद्दा लड्दालड्दै समीक्षा कसरी ‘होस्टाइल’ भइन् भन्ने कुरा पनि धेरैलाई थाहा छ। तर पनि उनैलाई दोष लगाउने सिलसिला जारी छ ।

यसैबीच समीक्षाले एक टेलिभिजन कार्यक्रमको संवादमा पल शाहको मायाले आफू पछाडि हटेको दाबी गरेकी छन् । अन्तर्वार्ता दिँदै उनले भनेकी छन्, ‘उहाँलाई छुटाउने मसँग त्योबाहेक अर्को विकल्प थिएन ।’

समीक्षाले उजुरी दिने निर्णयमा पनि आफू त्यत्तिकै नपुगेको बताएकी छन् । उनले आफूलाई मार्ने धम्की आएपछि डरले उजुरी दिएको उल्लेख गरेकी छिन् । उनले भनेकी छन्, ‘उहाँको टिमका मानिसले मलाई मारेर गायब पारिदिनेसम्मका धम्की दिएका थिए । बाआमाको काखमा खेलेर बस्नुपर्ने उमेरमा म त्यो धम्कीसँग डराएँ ।’

कार्यक्रममा आफैंले मुद्दा दायर गरेर पछि किन बयान फेर्नुभयो भनेर गरिएको प्रश्नमा समीक्षाले भनेकी छन्, ‘बाहिर जे हल्ला चल्छ, त्यो सबै सत्य हुँदैन । मुख्य त उहाँकै माया लागेर हो ।’

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?