साझा कथामा ‘साझा मुक्का’ ल्याउँदै एकदुमे (टिजर)

Featured Video Play Icon

साझा कथा । सुवोध गौतम, अहिले अधिकाँश नेपालीले चिन्ने नाम । ‘भद्रगोल’ टेलिशृंखलामार्फत युवापुस्तामाझ ‘एकदुमे’ नामले परिचित गौतम हाँस्यव्यंग्य विधामा पछिल्लो समय प्रभाव जमाउँदै गएका कलाकार हुन् । ‘क्यारिकेचर किङ’को उपमासमेत उनलाई प्राप्त छ । केहि बर्षयता गाईजात्रामा प्रभावकारी प्रस्तुति दिने गरेका कलाकार सुवोध गौतम अब साझा कथा मार्फत ‘साझा मुक्का’ लिएर आउँदैछन् ।

देशका विभिन्न सार्वजनिक व्यक्ति, नेतादेखि प्रख्यात पुराणवाचक नारायणप्रसाद पोखरेलको समेत नक्कल गरेर बेजोडको प्रस्तुति दिने गरेका गौतमले अब ‘साझा मुक्का’ मार्फत देशभित्रको विसंगति, अराजकता, समसामयिक विषयवस्तुमाथि प्रहार गर्दैछन् । नेपाली समाज खुल्ला र उदार हुँदै जाँदा नेपाली हास्यव्यंग्य फस्टाउँदै गइरहेको छ । यहि पदचाप पछ्याउँदै ‘साझा कथा’ले पनि विशेष शृंखला सुरु गर्न लागेको हो ।

यही बैशाख २४ गते आइतबारदेखि साझा कथामा हाँस्यव्यंग्य शृंखला ‘साझा मुक्का’ सुरु हुनेछ । हरेक आइतबार साँझ ७ बजे साझा कथाका विभिन्न प्लेटफर्म वेभसाइट, युट्युब, फेसबुक, टिकटक लगायतका सञ्जालबाट सो शृंखला प्रसारण हुनेछ ।

साझा कथाले साझा ब्रिफिङ, विशेष कथा, सानो कुरा लगायतका नियमित शृंखलाहरु उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ ।

टिजर हेर्नका लागि तल क्लिक गर्नुहोस:

https://youtube.com/shorts/VmGDdsY4UWg?feature=share

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?