सन्दीप लामिछाने हुँदैछन् अलराउन्डर, बने एसिया प्रिमियर कपकै सर्वोत्कृष्ट खेलाडी

साझा कथा । नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेको परिचय अहिले अलराउन्डर बन्दैछ । बलिङमा उत्कृष्ट प्रदर्शन गर्ने सन्दीपले अहिले व्याटिङमा पनि चामत्कारिक सुधार गरिरहेका छन् । लामिछाने एसीसी प्रिमियर कपमा प्लेयर अफ द टुनामेन्ट बनेका छन् । स्पिनर लामिछाने यो खेलकै सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । प्रतियोगितामा उत्कृष्ट बलिङसँगै ब्याटबाट समेत उनले नेपाललाई जिताउन योगदान दिएका थिए ।

प्रतियोगितामा सन्दीपले ५ खेल खेल्दै १३ विकेट लिएका छन् । उनी सबैभन्दा बढी विकेट लिने खेलाडीहरूको सूचीमा दोस्रो रहे । उनले कतारविरुद्धको समूहचरणको म्याचमा उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जिताएका थिए । यहि खेलको दौरान सन्दीपले सबैभन्दा छिटो १०० विकेट लिने सूचीमा आफूलाई १ नम्बरमा उभ्याए ।

सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दले पाएका छन् । उनले प्रतियोगितामा दुई वटा १५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएका थिए । यसैगरी सर्वोत्कृष्ट बलरको उपाधि ओमानका बिलाल खानले पाएका छन् । उनले प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?