वर्षाले खल्बलाएको एसीसी प्रिमियर लिग- नेपाल र यूएई फाइनलमा प्रवेश (पन्ध्र तस्बिरमा हेर्नुहोस्)

साझा कथा । वर्षाका कारण पटकपटक रोकिदै खेल्दै गरेको एसीसी प्रिमियर कपको दुई फरक सेमिफाइनल खेलबाट नेपाल र यूएई फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर खेल मैदानमा भएको नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने मुलपानी खेल मैदानमा भएको खेलमा यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो ।

त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण पटक पटक प्रभावित भएको थियो । वर्षाका कारण ४२ ओभर झारिएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २ सय ८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण पुनः प्रभावित भएको थियो ।

कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएकोले कुवेत र नेपालबीचको खेल अर्थहीन रह्यो । नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो ।

त्यस्तै, यूएईले भने डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्‍यो । यूएईले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन बनाउँदा वर्षाका कारण खेल प्रभावित भएको थियो ।

आजको सेमिफाइनल खेलबाट विजेता बनेका नेपाल र यूएईबीचको फाइनल खेल सोमबार हुनेछ । उता, कुवेत र ओमान भने तेस्रो स्थानका लागि आइतबार खेल्दैछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?