साउदी अरेबियालाई हराउँदै ओमान सेमिफाइनलमा

साझा कथा । एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह अन्तर्गतको खेलमा ओमानले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा ओमनले साउदी अरेबियालाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । सो समूहबाट यसअघि नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । यो जितसँगै ओमनले चार खेलमा ६ अङ्क बटुल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

ओमनले साउदी अरेबियालाई जितको लागि तीन सय ६७ रनको चुनौती दिएको थियो । जवाफमा साउदी अरेबिया ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय ९४ रनमा समेटियो । साउदी अरेबियाका लागि सुरुआती ब्याट्समान अब्दुलल वहिलले ९५ रनको योगदान गरे । उनले ८६ बल खेल्दै १४ चौका र एक छक्काको मद्दतमा ९५ रनको योगदान गरेका हुन् ।

त्यस्तै साद खानले ७८ रन बनाए । उनले ८० बलमा १० चौका र एक छक्का प्रहार गरे । हिसम शेखले ३६, अब्दुल वाहिदले २५, अतिफ उर रेहमानले १६ तथा इम्रान अरिफले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेकनन् ।
बलिङतर्फ ओमानका खेलाडी विलाल खान एक्लैले चार विकेट लिए भने जय ओडेद्राले तीन विकेट झारे । जिसन मोक्सुदले दुई विकेट लिँदा आयन खानले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ६६ रनको योगफल बनाएको थियो । ओमनका पाँच ब्याटरले अर्धसतक प्रहार गरेका थिए ।

ओमनका जीतेन्द्र सिंहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन् । त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउदाँ स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे । त्यस्तै कस्यप प्रजापतिले ५१ रनको योगदान दिए ।

बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिए भने अबदुल वाइदले दुई विकेट झारे । यस हारसँगै साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले भोलि कतारको समाना गर्नेछ । उक्त खेल बिहान ९ बजेदेखि सञ्चालन हुनेछ । यस खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?