हिन्दी चलचित्र ‘पठान’को उडान, साहरुख खानले लिए ६० प्रतिशत आम्दानी

साझा कथा । चलचित्र क्षेत्रमा हिन्दी फिल्महरुले एकपछि अर्को धमाका दिइरहेका छन् । बलिउडका स्टारहरु सलमान खान, साहरुख खान, आमिर खान अभिनित चलचित्रहरुले एकपछि अर्को रेकर्ड कायम गर्दै गर्दा बलिउड फिल्म ‘पठान’ले नयाँ उडान भरेको छ ।

बलिउडका बादशाह भनेर चिनिने नायक साहरुख खानद्वारा अभिनित चलचित्र ‘पठान’ले बक्स अफिसमा धुम मच्चाएको छ । यो फिल्मले विश्व बजारमा एक हजार करोड भन्दा बढी ग्रस संकलन गरेको छ । सन् २०२३ मा निर्माण भएका भारतीय चलचित्रहरुमध्ये सबैभन्दा बढी कमाउने चलचित्र बनेको छ ‘पठान’ ।

यो फिल्ममा काम गरेवापत साहरुखले पारिश्रमिक नलिने घोषणा गरेका थिए तर फिल्मको नाफाको ६० प्रतिशत शेयर लिने गरी काम गरेका थिए । उसो भए कति कमाए होलान् त साहरुख खानले ?

भारतीय मिडियाका अनुसार, फिल्मको निर्माण र प्रचारमा गरी यशराज फिल्मले २७० करोड खर्च गरेको थियो । तर, फिल्मले भारतीय बक्स अफिसबाट २४५ करोड, ओभरसिजबाट १७८ करोड, सेटलाइट र डिजिटल राइट्सबाट १५० करोड, म्युजिक राइट्सबाट ३० करोड आम्दानी गरेको छ ।

फिल्मले हरेक माध्यमबाट निर्माताको खातामा ६०३ करोड शेयर दिएको छ । यसर्थ, फिल्मको लगानीर प्रचारप्रसार खर्च कटाएर यशराजले कमाएको नाफाको ६० प्रतिशत साहरुखको खातामा गएको छ । यो फिल्मबाट साहरुखले २ सय करोड कमाएका छन् ।

सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो फिल्ममा साहरुख खान, दीपिका पादुकोण, जोन अब्राहिम लगायतका कलाकारको अभिनय छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?