एनपी साउद बने परराष्ट्रमन्त्री, शेखर-गगन समूहबाट अरु मन्त्री कहिले ?

साझा कथा । नेपाली काँग्रेसको आन्तरिक विवादका कारण मन्त्रीपरिषद् अझै पूर्ण हुन सकेको छैन । आइतबार नेपाली काँग्रेसका नेता एनपी साउदले परराष्ट्रमन्त्रीको रुपमा सपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिँदै नियुक्त गरेका थिए । साउदसँगै नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा राष्ट्रिय सभा सदस्य नन्दा चपाईंले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको रुपमा सपथ लिएकी छन् ।

आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति समक्ष नव नियुक्त परराष्ट्रमन्त्री साउद र राज्यमन्त्री चपाइँले शपथ ग्रहण गरेका हुन् । कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी भएका साउद नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष एव‌म् पूर्वमन्त्री पनि हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका साउद प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनलाई शेखर कोइराला–गगन थापा समूहबाट मन्त्री बनाइएको हो । पार्टी सभापति शेर बहादुर देउवाले शेखर–गगन समूहलाई २ फूल मन्त्री र एक राज्यमन्त्री दिने बताइरहेपनि संस्थापन इतरको समूहले ३ मन्त्री माग गर्दै आइरहेको छ । सोहि विवादका कारण आठौँ पटक मन्त्रीपरिषद् विस्तार गर्दा पनि प्रचण्ड नेतृत्वको सरकार पूर्ण हुन सकेको छैन ।
काँग्रेसको आन्तरिक झगडा मिलेपछि पुनः सरकार विस्तार हुनेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?