नारदमणि बास्तोला
साझा कथा । ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पुुरातात्विक तथा पृथक विषेशता बोकेको म्याग्दीको करबाकेली पुन समुुदायको आस्थाको धरोहर हो । करबाकेलीलाई पुुन समुुदायले कुलदेवता मान्दै आएका छन् । म्याग्दी जिल्ला, अन्नपुुर्ण गाउँपालिका ८ काफलडाँडामा रहेको करबाकेली बेनी–जोमसोम राजमार्गको तिप्लाङबाट रिमा हुुँदै २२ किलोमिटरको मोटर यात्राबाट पुग्न सकिन्छ । यसका साथै पर्वतबेनी, मल्लाज, फलामडाँडा, नागी हुुँदै करिब ३५ किलोमिटरको दूूरी छिचोलेर पनि करबाकेली पुुग्न सकिन्छ ।
यहाँको ऐतिहासिक, धार्मिक, साँस्कृतिक सँगै यस स्थानको पर्यटकिय महत्व पनि उत्तिकै छ । ब्रिटिश लाहुरे चामबहादुर पुुनको नेतृत्वमा यो स्थानको प्रचार प्रसार भइरहेको छ । पुन भन्छन्, “धेरै साथीभाईहरु बेलायततिरै बसे । संसार जहाँ पुगेपनि आफ्नो ठाउँको महत्व भनेको वेग्लै हुँदो रहेछ । जातीय पहिचान खोजी गर्दै जाँदा गर्नुपर्ने थुप्रै रहेछन् भन्ने थाहा भएको छ । त्यसकारण हाम्रो भूमिलाई संरक्षण र संवर्धन गर्न म यहाँ आएँ । यहाँका समुदायको सहयोगमा हामीले यसलाई नमुना ठाउँ बनाउँदैछौँ । यो सानो प्रयास मात्र हो ।”
यो स्थान संसारभर छरिएका पुन समुदायलाई जोड्ने आधारशिला समेत बनेको छ । साथै अरुका लागि पनि सामुहिक रुपमा काम गर्ने संस्कारको नमुना बनेको छ ।
यो थानभित्र करबाकेली बाबा, उनका दुुई श्रीमती हिमला र फिमला, छोराहरु रामचन र कुलचनका पूर्ण कदका मूूर्ती छन् । यहाँ विषेश गरी विजोड वर्षमा पुजा हुने गर्दछ ।
प्राचीन कालमा पूूर्खाहरु भीरपाखामा बस्ने, भिरमा मह काढ्ने, बनमा पाइने गिट्ठाभ्याकुर खाई जीवन जिउँने र विकसित हुने क्रममा करबाकेली बाबाले दिनचर्यालाई सहज बनाउन खेतीपाती र पशुपालन गर्न सिकाएको भन्ने पुन समुुदायमा विश्वास छ । करबाकेली बाबा मह काढ्ने क्रममा महभीरमा अड्किएपछि गरुढले निकाली करबोकलीको ढुंगामा विश्राम लिएको किंवदन्ती छ ।