बढ्दै छ कोरोना संक्रमण, २२७ सक्रिय संक्रमित

साझा कथा । नेपालमा केहि समय शून्य रहेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११५१ जनामा परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

४९ जनामा पीसीआर र २७ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २२७ रहेको छ । सीमा जोडिएका उत्तरप्रदेशलगायत भारतीय राज्यहरूमा कोरोना संक्रमण अप्रत्याशित वृद्धि भइरहँदा त्यसको असर नेपालमा पनि देखिन थालेको छ ।

मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?