उपराष्ट्रपति चयनका लागि मतदान जारी, आजै नतिजा

साझा कथा । उपराष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा विहान १० बजेदेखि मतदान सुरु भएको हो ।

सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा एमालेका राजेन्द्रसिंह रावलले पहिलो मतदान गरेका थिए ।

सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा नेकपा एमालेबाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेत्री ममता झा उम्मेदवार छन् । निर्वाचनको मतपरिणाम आजै आउने आयोगले जनाएको छ ।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ । मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?