६० सेकेण्डसम्मको फेसबुक रील्स अब ९० सेकेण्डसम्म बनाउन मिल्ने

साझा कथा ।  मेटा कम्पनीले फेसबुक प्रयोगकर्ताका लागि केही नयाँ सिर्जनात्मक अभिव्यक्तिसँग सम्बन्धित फिचरहरू सार्वजनिक गरेको छ । जसअनुसार अब फेसबुक प्रयोगकर्ताहरुले ९० सेकेण्डसम्मको फेसबुक रील्स भिडियो बनाउन सक्नेछन् । यसअघि ६० सेकेण्डसम्मको मात्रै फेसबुक रील्स बनाएर अपलोड गर्न सकिन्थ्यो ।

Meta for Creators नामक फेसबुक अकाउन्टबाट मेटा कम्पनीले उक्त नयाँ फिचरको घोषणा गरेको हो । अब प्रयोगकर्ताले इन्स्टाग्राममा जस्तै फेसबुकको Memories बाट Ready-made रील्स पनि बनाउन सक्नेछन् ।

साथै कम्पनीले Grooves नामक नयाँ फिचर पनि लञ्च गरेको छ । यो फिचर अब कुनैपनि गीतको बिट अनुसार प्रयोगकर्ताको भिडियोको गतिलाई align तथा synchronize गर्नेछ ।

त्यस्तै नयाँ थप गरिएको emplates टूल्समार्फत् प्रयोगकर्ताले ट्रेण्डिङ सामग्रीमा सजिलैसँग आफ्नो रील्स भिडियो तयार गर्न सक्नेछन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?