साझा कथा । लालबहादुर धामी आर्थात् ‘अछामी बड्डो’ देउडा गायन क्षेत्रमा झण्डै अढाई दशकदेखि लागिपरेका छन् । पछिल्लो केही वर्षमा भने उनि निकै चर्चामा छन् । देउडा गीत मार्फत सबैको मनमा बस्न सफल भएका ‘अछामी बड्डो’लाई पछिल्लो समय मेला/महोत्सवमा पुग्न भ्याइनभ्याइ भएको छ ।
सुरुआतमा ‘लालबहादुर धामी’कै रुपमा उनले आफूलाई देउडा गायनमा समिर्पित गरेको भएपनि आठ वर्षयता भने ‘अछामी बड्डा’का रुपमा धामी परिचित छन् । सुदूरपश्चिममा लाग्ने मेला र महोत्सवमा धामीको माग धेरै छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का धामीले चार महिनामा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ७० मेला तथा महोत्सवमा आफ्नो प्रस्तुति दिएका छन् । बजारमा ल्याएको ‘यो अछामी बड्डो’ बोलको देउडा गीतले धामीको चर्चा चुलिएको हो । देउडा गायनमा उनि सदाबहारको सूचीमा रहन सफल भएका देउडा गायक हुन । ‘अछामी बड्डो’ यूटुब, टिकटक लगायत सामाजिक सञ्जालमा पनि सो गीत अत्यधिकले मन पराइएको छ ।
गायक धामी भन्छन्–“विसं २०५५ देखि जन्मभूमि अछामबाट देउडा गुनगुनाउन थालेको हुँ”, “विसं २०७२ मा अछामी बड्डोका रुपमा देउडाका पारखीमाझँ परिचित हुने अवसर मिल्यो । भारतको मुम्बइदेखि कर्णालीका बस्तीसम्म देउडा गीत गाउन बोलाउने धेरै छन् । स्टेजबाट देउडा गाउन थालेपछि हेर्न आउने युवा दर्शक पनि लामबद्ध भएर पाइलामा पाइला मिलाएर नाच्दा मन आनन्दित हुन्छ ।देउडा गाउनुसँगै युवा पुस्तालाई पनि हस्तान्तरण गरी जुगसम्म जोगाउनु आजको आवश्यकता हो ।” पछिल्लो समय भाइरल हुनकै लागि गीत सङ्गीतमा लालायित हुनेहुनेबीच देउडामा पाइला मिलाउने पङ्क्ति सुदूरपश्चिममा बढिरहेको छ । “कलाकार मात्रै भएर हुँदैन्, सबै सरोकारवाला निकायले देउडा जोगाउन हातेमालो गर्नु आवश्यक छ । देउडा गीतलाई बजारमा चर्चा बटुल्नकै लागि प्रस्तुत गर्नु हुँदैन, यसतर्फ देउडा गायक तथा कलाकार सचेत हुन जरुरी छ । पहिले अडियो गीत मात्रै भए पनि चल्थ्यो, अहिले अडियोसँगै श्रव्यदृश्य पनि अनिर्वाय जस्तै बनिसक्यो ।”
धामीलाई पछिल्लो समय लालबहादुर भन्दा पनि ‘अछामी बड्डो’को नामले बढी चिन्ने गर्छन् । उनले अझै पनि सुदूरपश्चिमका कलाकारले गीत रेकर्डिङका लागि काठमाडौँ धाउनुपर्ने अवस्था कायमै रहेको बताउनुभयो । “धनगढी र महेन्द्रनगरमा गीत रेकर्ड नहुँने होइन, तर स्तरीय रेकर्डीङका लागि काठमाडौँ नै धाउनुपर्ने अवस्था छ”, देउडा गायक धामीले भने