स्ववियु निर्वाचनः आज उम्मेदवारी फिर्ता लिने दिन

साझा कथा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुले आज उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन तालिका छ ।

त्रिभुवन विश्वविद्यालयका अनुसार गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुका लागि आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय सिमा छुटाईएको हो । कार्यतालिकाअनुसार आजै दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरिदैछ । उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने र छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने तालिका थियो । कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख प्राडा पशुपति अधिकारीका अनुसार देशैरभका ६२ आंगिकमध्ये ५० भन्दा बढी क्याम्पसमा उम्मेदवारी दर्ता प्रक्रिया पूरा भएको छ । ६२ वटा आंगिक क्याम्पस मध्ये गोरखा क्याम्पस र धनकुटा क्याम्पसमा निर्विरोध स्ववियु नेतृत्व चयन भइसकेको छ । यस्तै सामुदायिक क्याम्पसतर्फ ५० भन्दा बढीमा निर्विरोध नेतृत्व चयन भएको बताइएको छ । केही क्याम्पसहरुमा भने विवादका कारण चैत ५ गते निर्वाचन नहुने भएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?