पल शाह काण्डमा अविवेकी अदालत – न्यायाधिसमाथि कारबाहि हुनुपर्दैन ? (भिडियो)

Featured Video Play Icon

साझा कथा टिप्पणी

नेपालको अदालतले अभिनेता पल शाहलाई १ बर्ष यथेष्ट प्रमाण विना कैदमा पठायो । पल शाह नयाँ पात्र होइनन् जसलाई नेपालका अदालतले फसाएका छन् । सयौँ मानिसहरु छन्, जो अनाहकमा अदालतका शिकार बनेका छन् । कुनै सतही कारणमा मुद्दा दायर गर्यो, कसैले फेक दाबी गर्यो, बदनियतका साथ आरोप लगायो, त्यसकै आधारमा अदालतले धेरैको जीवन समाप्त पारेको छ । के नेपालका अदालत विवेकी छैनन् ?

नाबालिग भनिएकी एक गायिकाले आफूमाथि बलात्कार भएको दाबी गर्दै मुद्दा हालेपछि अभिनेता पल शाह पक्राउ परे । कसैको जिकिर वा आरोपका आधारमा सोधपुछका लागि कुनै व्यक्ति पक्राउ पर्नु स्वभाविकै हो, यो विश्वभर हुन्छ । तर जेल सजाय नै तोक्नका लागि त यथेष्ट प्रमाण चाहिन्छ । अभियोग दाबी पुष्टि हुने आधार चाहिन्छ । अहिले पोखरा उच्च अदालतले पल शाहको मुद्दामा अभियोग दाबी पुगेन भनेर रिहा गर्यो भने १ बर्ष अगाडी कुन अभियोग दाबी पर्याप्त छ भनेर जेल पठायो ? यसको जवाफ अदालतले दिनुपर्दैन ? निर्दोष जवानहरुलाई सेनाले कोर्ट मार्सलको नाममा बर्षौसम्म प्रताडना दिएका घटनाजस्तै पल शाहको सवालमा अदालतले पनि अनावश्यक प्रताडना दिएको छ ।

प्रहरी, सरकारी वकिल र न्यायाधीशको कमजोरी, लापर्वाही र बदनियतले आज पनि सामान्य शंकाका भरमा नेपालका जेलमा धेरै निर्दोषहरु कठोर सजाय भोगीरहेका छन् । अहिले अदालतले अभियोग दाबी पुगेन भनेर रिहा गरिएका पल शाहले पनि अनाहकमा आफ्नो करियरमा धक्का पाउनुपर्यो । धेरैको नजरमा गिर्नुपर्यो, परिवार, इष्टमित्र, नातागोता, साथीभाईसामु शीर झुकाउनुपर्यो । उनको व्यक्तित्वमा आँच आयो । अहिले पनि केहि महिलाबादी र अधिकारकर्मीबाट धम्की आइरहेको सुनिन्छ । १ बर्षसम्म कमाइ छुट्यो, परिवार छुट्यो, बदनामी भयो । इज्जत माटोमा गयो । यति विघ्न क्षतिको पुर्ति कुन अदालतले दिन्छ ? के नेपालका अदालत अविवेकी छन् ? हैन भने अनाहकमा निर्दोषलाई किन दोषी करार गरिन्छ । हिजो निर्दोष देखिएको मानिस भोली दोषी देखिन सक्ने सम्भावना त हुन्छ, थप प्रमाण फेला पर्ने अवस्थामा तर पहिले दोषी देखिसकिएको व्यक्ति पछि कसरी निर्दोष हुन्छ अदालतको आँखामा ? किन त्यहाँ त्रुटी भयो भनेर भनिदैँन ? किन त्यहाँ बदनियत थियो भनेर अनुसन्धान गरिदैँन ?

निर्दोषलाई दुःख दिने आम मानिस वा प्रहरी अधिकारी भयो भने उसमाथि पनि कारबाहि हुन्छ । अनि निर्दोष व्यक्तिलाई अनाहकमा फसाउन अदालतमा मुद्दा हाल्ने व्यक्ति र फैसला सुनाउने न्यायाधिसमाथि चाँहि कारबाहि हुनु पर्दैन ?

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?