पर्वको राजा महाशिवरात्री (पशुपति सेरोफेरोको फोटो फिचर)

साझा कथा । महाशिवरात्री अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । शिवजी उत्पत्ति भएको रातका नामबाट शिवरात्री नामकरण भएको हो । यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी “ऊँ नमः शिवाय” मन्त्र जप्ने गरेमा सिद्धिलाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवै प्राप्त हुने विश्वास रहिआएको छ ।
शिवरात्रीको पूर्वसन्ध्यामा देखिएको पुशपति क्षेत्र फोटो फिचरमा..

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?