आन्द्रा उछिट्टिएको ‘घमीमणी पर्खाल’ (फोटो कथा)

साझा कथा । घमीमणी पर्खाल मुस्ताङको जोमसोमबाट उत्तर तर्फ लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अवस्थित छ । घमी गाउँ कटेपछि लोमान्थाङ जाने मोटर बाटोमै यो धार्मिक पर्खाल देख्न सकिन्छ ।

ओम मणि पद्मे होम कुँदिएका ढुङ्गाबाट यो पर्खालको निर्माण गरिएको छ । भक्तजनहरुबाट विभिन्न समयमा यो पर्खाल निर्माण गरिएको भनाइ छ ।

यो पर्खाल एशियाकैै सबैभन्दा लामो धार्मिक पर्खाल मानिन्छ । पद्म सम्भवले लखेटेर मारेको राक्षसको मुटु उछिट्टिएर लोगेकर गुम्बा भएको ठाउँमा पुगेको थियो भने आन्द्रा उछिट्टिएर यस पर्खाल रहेको ठाउँमा आइपुगेको पौराणिक कथन रहेको छ । यहाँको उत्तरपट्टि देखिने रातो पहाड रगत र भुँडीले निर्माण भएको मान्यता रहेको छ ।

फोटोः पदम तिमिल्सिना

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?