साझा कथा । विभिन्न कारण जीवनप्रति वितृष्णा पलाएका व्यक्तिहरुले आत्मदाह गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । केही समय अघि राजधानीमा इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनापछि विभिन्न जिल्लामा उस्तै प्रकृतिका आत्मदाहका घटनाहरु सार्वजनिक हुन थालेका छन् ।
बुधबार पनि बागलुङमा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका-८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले घरभित्रै आफूमाथि आगो लगाएका हुन् ।
घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए। उनको हाल धौलागिरी अस्पतालमा उपचार भइरहेको छ। यद्यपी उनले आत्मदाहको कोसिस किन गरे भन्ने कारण खुलिसकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।
तपाईलाई केहि भन्नु छ ?