भारतको झारखण्डमा आगलागीमा परी १४ को मृत्यु

नयाँदिल्ली, भारतको झारखण्ड राज्यमा आगलागीमा परेर १४ जनाको ज्यान गएको बताइएको छ । समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन् ।

जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन् । पूर्वी झारखण्डको धनबादमा भएको सो आगलागीमा परेर दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।

आगलागी के कति कारणले भएको हो भन्ने बारेमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । आगो लागेको क्षेत्रमा सो घरका व्यक्ति च्यापिएर रहेका छन् कि भनेर खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस सिन्ह्वा

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?