खर्बपतिबाट अर्बपतिमा झरेका गौतमले लगानीकर्ता पनि डुबाए

साझा कथा । भारतीय अर्बपति व्यापारी गौतम अदानीका कम्पनीमा लगानी गरेका शेयरधनीहरु अत्तालिएका छन् । एक साता यता अदानी समूहका कम्पनीहरुको शेयर मूल्य ४६ प्रतिशतसम्म घटेपछि अदानी समूहको स्वामित्व भएका कम्पनीमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ताको सम्पत्ति करीब आधाले घटेको छ ।

गएको बुधवार अमेरिकी वित्तीय कम्पनी हिन्डेनबर्गको रिपोर्ट सार्वजनिक भएयता अदानीका कम्पनीको शेयर मूल्य ओरालो लागिरहेको छ । सो रिपोर्ट आएयता अदानी समूहको सूचीकृत सातओटै कम्पनीको शेयरमा व्यापक कमी आएको छ । कम्पनीका शेयर राताम्मे बन्ने क्रम जारी रहँदा अदानी अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्बर्गको अर्बपतिहरुको सूचिमा खर्बपतिबाट अर्बपतिमा झरेका छन् । अदानी शीर्ष १० बाट पनि बाहिरिएका छन् ।

हिन्डेनबर्गको प्रतिवेदनले अदानी समूहको आम्दानीमाथी प्रश्न उठाएको छ । उनका सबै कम्पनीहरूको ऋणमा पनि प्रश्न उठाइएको छ। प्रतिवेदनमा अदानी समूहका ७ ठूला सूचीबद्ध कम्पनीहरु ८५ प्रतिशतभन्दा बढी मूल्याङ्कन भएको दाबी गरिएको छ। हिन्डनबर्ग रिसर्चको पछिल्लो रिपोर्टमा अदानी समूहलाई ८८ प्रश्न सोधिएको छ। यो प्रतिवेदनले भारतीय लगानीकर्ताहरूको भावनालाई परिवर्तन गरेको छ । तर, अदानी समूहले यसलाई आधारहीन भनेको छ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?