अर्थतन्त्र सुधार्न एकीकृत समाजवादीका २० सुझाव

साझा कथा । देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी (एस) ले २० बुँदे अल्पकालीन र दीर्घकालीन उपाय सुझाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार विहान ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादीले संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, महँगी नियन्त्रण गर्न, समस्याग्रस्त उद्योग तथा व्यवसायले जरिमाना र कर तिर्ने सुविधा तथा भाखा नाघेका ऋणको किस्ता र ब्याज तिर्ने अवधि २०८० असार मसान्तसम्मलाई बढाउन लगायत माग गरेको हो।

आर्थिक संकटका कारण मजदुर किसान तथा साना व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै ध्यानाकर्षण गराएको एस पार्टीले दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको ठहर गरेको छ ।

हेर्नुहोस्, एकीकृत समाजवादीले बुझाएको ज्ञापनपत्रः

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?