लामिछानेबिरुद्धको रिटमा आज अन्तिम सुनुवाइ

साझा कथा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता  विवाद मुद्दाको सुनुवाई आज सर्वोच्च अदालतमा हुँदै । बुधबार रिट निवदेकका तर्फबाट चारजनाले बहस गरेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकिएको थियो । अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले  उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिइ राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनस् पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?