अतिक्रमित संरचनामाथि धरानमा पनि चल्यो डोजर

साझा कथा,

सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना माथि धरान उपमहानगरपालिकाले पनि डोजर चलाउन थालेको छ ।

धरानस्थित देउरालीमा मुना चौधरी लिम्बूले खोला अतिक्रमण गरी बनाइएको घर माथि आज उपमहानगरले डोजर चलाएको हो । डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप भएको थियो । झडप हुँदा डोजरमा सामान्य क्षेति पुगेको छ भने केही स्थानीय घाइते भएका छन् ।
धरान उपमहानगरपालिकाले बहुजातीय रंगशाला बनाउने निर्णय गरेको खारखोला र अधेरी खोलाको संगम स्थलमा लिम्बूले घर निर्माण गरेका थिए । निर्माण गरेको घरसंरचना हटाउन पटकपटक पत्राचार गरे पनि संरचना नहटाइए पछि बाध्य भएर डोजर चलाउन परेको धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले बताए । यसअघि पनि घर भत्काउन पुगेको डोजर स्थानीयले अवरोध गरेपछि फर्किएको थियो ।
उपमहानगरले घर भत्काउन पत्राचार गरेपछि घरधनी लिम्बू भने अन्तरिम आदेश माग गर्दै सुनसरी जिल्ला अदालत पुगेकी थिइन् । अदालतले निवेदकले माग गरेअनुरुप अन्तरिम आदेश जारी गरिरहनु नपर्ने बताएको थियो । अदालतको सो निर्णय आए लगत्तै उपमहानगर सुरक्षाकर्मीसहित डोजर लिएर घर भत्काउन देउराली पुगेका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?